शुक्रबार, साउन २९, २०८३

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रुकुम- जिल्लाको मुसीकोट नगरपालिका- १०, चुनमा पहिरोमा पुरिएर दुई बालिकाको ज्यान गएको छ । 

बुधबार बेलुकी ५ः३० बजे बाटो माथिबाट गएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर बिककी छोरी डिलमाया (१२) र सोही ठाउँकी रणबहादुर कामीकी छोरी सावित्री (१०)को ज्यान गएको हो ।  

विद्यालयबाट घर फर्किने क्रममा पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।