शुक्रबार, साउन २९, २०८३

'विप्लव' का छोरासहित पक्राउ परेका १५ विद्यार्थी रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन- चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको आरोपमा पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो।
 
शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका उनीहरुमध्ये नै जनालाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको कोइरालाले जानकारी दिएका छन्।

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने र आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको उनले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।