एजेन्सी- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग ब्रेक स्पिनर सन्दीप लामिछानेको टिम बार्बाडोसको ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल)मा पहिलो जित निकाल्दा सन्दीप नायक बनेका छन्।
उनले बुधबार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्धको खेलमा तीन विकेट लिएपछि बार्बाडोसले १८ रनको जित दर्ता गरेको हो। उनी खेलको प्लेअर अफ दी म्याच समेत घोषित भए।
बार्बाडोसले दिएको १८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६८ रन मात्रै बनाउन सक्यो।
सेन्ट किट्सका लागि लौरी इभान्सले ६४ रनको पारी खेले पनि टिमको जितका लागि पर्याप्त हुन सकेन। यस्तै, डोमिनिक डार्क्सले अविजित ३४ रन बनाउँदा अन्य ब्याट्सम्यानले सम्झनयोग्य प्रदर्शन गर्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा मात्र २ विकेट गुमाएर १८६ रन बनाएको थियो। बार्बाडोसका लागि लेनीको बाउचर र जोनसन चाल्र्सले अर्धशतकीय पारी खेले।
बाउचरले अविजित ६२ रनको अर्धशतकीय पारी खेल्दा चाल्र्सले ५२ रनको अर्धशतकीय पारी खेलेका थिए। यस्तै, जेपी ड्युमिनी ४२ रनमा अविजित रहँदा एलेक्स हलेस १ रनमा पेभिलियन फर्केका थिए।
सेन्ट किट्सका रायद इम्रिट र उषामा मिरले १-१ विकेट लिए।
जितसँगै बार्बाडोसले २ खेलबाट २ अंक जोडेको छ । प्याट्रियट्सको भने ४ खेलबाट २ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४