शुक्रबार, साउन २९, २०८३

व्यक्ति होइन नीतिको पछाडि लागौंः निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीलाई सुदृढ बनाउन व्यक्ति नभएर नीतिको पछाडि लाग्न कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।  

नीतिलाई अवलम्बन गरेर अगाडी बढे पार्टीभित्र रहेको गुटउपगुटको समस्यासमेत नरहने निधिको तर्क छ ।

मंगलबारदेखि सुरु भएको दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको जनकपुरमा उद्घाटन गर्दै उपसभापति निधिले नेपाली कांग्रेसभित्र गुटउपगुट र अन्तर्घातको ठूलो रोग रहेको बताए ।

‘पार्टीभित्र गुटउपगुट र अन्तर्घातको समस्या ठूलो रोगको रुपमा देखा परेको छ,’ निधिले भने, ‘गुटउपगुट अन्त्य गर्न नीति र अन्तर्घात अन्त्य गर्न पार्टीप्रति प्रतिवद्ध हुनुको विकल्प छैन ।’

अन्तर्घातकै कारण पछिल्लो निर्वाचनमा पार्टीलाई पराजय भोग्नुपरेको स्मरण गराउँदै उनले आगामी दिनमा कांग्रेसलाई बलियो बनाउन गुटउपगुट र अन्तर्घातको राजनीति त्याग्नुपर्ने बताए ।

नेता कार्यकर्ताबीच आपसी सम्वाद साथै मतदाता र युवाहरुसँग सम्पर्क, सम्वाद र सक्रियता बढाउनु दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले बताए । 

पहिलो चरणको जागरण कार्यक्रम पूर्ण सफल रहेको दाबी गर्दै निधिले दोस्रो चरण अन्तर्गत सामाजिक विसंगति, सरकारको गलत क्रियाकलापलगायतका बारे आमनागरिकसँग सम्वाद गर्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।

नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी जारी भएको भन्दै उनले असोज ३ गते भव्यताका साथ संविधान दिवस मनाउन पनि आग्रह गरे । संविधानमा रहेका त्रुटिहरु संशोधन गर्न आफूहरु प्रतिवद्ध रहेको भन्दै निधिले संविधानको विरोध गर्नेहरु संघीयता पक्षधर हुनै नसक्ने बताए । 

‘उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारमा छ, तर उसले संशोधनको कुरा गर्न सकेको छैन,’ उपसभापति निधिले भने,‘पार्टीकै नामबाट मधेश शब्द हटाइसकेकाले संविधानको विरोध गरेर मधेशी जनतालाई झुक्याउने काम गरिरहेको छ ।’ 

संविधान संशोधनको विरोध गर्नेमा सबैभन्दा अगाडि नेकपा रहेको उनको आरोप छ ।

सरकारले संविधानको भावनाविपरित विधेयकहरु ल्याउन लागेको भन्दै निधिले नागरिकतासम्बन्धी कानुनमा समेत सरकारको बेइमानी देखिएको आरोप लगाए । 

अंगीकृत वैवाहिक नागरिकतासम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर गरिए आफूहरुलाई मान्य नहुने बताउँदै उनले जन्मसिद्ध नागरिकका सन्तानले  वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताए । 

प्रदेश क्षेत्र कार्यसमितिका सभापति शिवजी रायको सभापतित्वमा वृक्षारोपण गरी सम्पत्र भएको उद्घाटन कार्यक्रममा केन्द्रीय प्रतिनिधि हरेश महतो, शेख लालबाबु, कांग्रेसका धनुषा सभापति महेशशंकर गिरीलगायतका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

वीपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर सुरु भएको दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा न्यूनतम १०६ वटा विरुवा रोपेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।