सोमबार, फागुन १८, २०८२

सुर्खेतको मालपोत कार्यालय आजदेखि खुल्ने

दुई सातादेखि बन्द रहेको सुर्खेतको मालपोत कार्यालय आज (आइतबार)बाट खुल्ने भएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

सुर्खेत- दुई सातादेखि बन्द रहेको सुर्खेतको मालपोत कार्यालय आज (आइतबार)बाट खुल्ने भएको छ। कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको कार्यालयले भदौं १५ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरेको थियो। 

कर्मचारीहरू संक्रमित भएको दश दिन पुरा भइसकेका कारण आजदेखि नै कार्यालय खुल्ने निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले जानकारी दिए। स्वास्थ्य मापदण्ड अनुसार दश दिन अवधि पुरा भएपछि संक्रमण सर्ने सम्भावना हुँदैन।

पछिल्लो समय सुर्खेतमा जग्गाको कारोबार बढेपछि कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप छ। सहजरुपमा सेवा प्रवाह गर्न कार्यालयले बार र पालिका अनुसार सेवा प्रवाह गर्दै आएको छ। 

जसअनुसार आइतबार-सोमबार चौकुने गाउँपालिका र लेकबेशी नगरपालिका, मंङलबार-बुधबार वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका, बिहीबार-शुक्रबार चिङ्गाड र सिम्ता गाउँपालिकालाई सेवा दिँदै आएको छ। सुर्खेतकै मेहेलकुनामा रहेको मालपोत कार्यालयले गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम गर्दै आएको छ।

प्रकाशित: Aug 29, 2021| 09:46 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।