काठमाडौं– इंग्ल्यान्ड-इन्डिया टेस्ट सिरिजअन्तर्गतको तेस्रो खेलमा इन्डियाले लज्जास्पद हार बेहोरेको छ। पहिलो पारीमा ७८ रनमै अलआउट भएको इन्डिया चौथो दिनको खेलमै पराजित भएको हो।
इन्डिया टेस्टको पहिलो दिनमै आउट भएपछि पर्याप्त समय पाएको इंग्ल्यान्डले १३२ ओभर दुई बल खेल्दै ४३२ रन बनाएको थियो। त्यसपछिको अन्तिम ओभरमा पनि इन्डियाले ९९ ओभर तीन बलमा २७८ रन मात्र बनाउन सकेपछि एक पारी र ७६ रनको हार बेहोरेको हो।
दोस्रो पारीमा इन्डियाका रोहित शर्माले ५९, चेतेस्वर पुजाराले ९१ र कप्तान विराट कोहलीले ५५ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
इंग्ल्यान्डका ओलिए रोबिन्सनले पाँच विकेट गिराए भने किइराग ओभटोनले तीन विकेट लिए। त्यसअघि इन्डियाविरुद्ध फराकिलो रन जोड्ने क्रममा कप्तान जो रुटले १२१ रन को सतकिय पारी खेलेका छन्। १६५ बलमा १२१ रन जोडेका उनलाई इन्डियान बलर जसप्रित बुमराहले आउट गराएका थिए।
उनले यो टेस्ट सिरिजमा तेस्रो सतक प्रहार गरेका हुन्। त्यस्तै उनले यो वर्ष ६ पटक सतक पुरा गरिसकेका छन्। यद्यपी दोस्रो टेस्टमा इंग्ल्यान्डले इन्डियामाथि हार बेहोरेको थियो।
कप्तान रुटले खेलमा १४ चौकासमेत प्रहार गरे। इंग्ल्यान्डका लागि रोरी बर्नसले ६१, असिब हमिदले ६८, डेविड मलनले ७० रन बनाए भने जोन्नी बेयरिस्टोले २९ रन बनाए।
इन्डियाका मेहम्मद शामीले चार विकेट लिएका छन् भने मोहम्मद सिरज, रविन्द्र जाडेजा र जसप्रित बुहराहले समान २–२ विकेट गिराएका छन्।
त्यस्तै, टस जितेर ब्याटिङ रोजेको इन्डियाले पहिलो इनिङमा घरेलु बलरसामू कमजोर सावित हुँदै ४० ओभर चार बलममा ७८ रन बनाएर अलआउट भएको थियो।
इंग्ल्यान्डका जेम्स एन्डरसन र केइरग ओभरटोनले समान ३–३ विकेट गिराए भने ओलीए रोबिन्सन र साम कुरनले समान २–२ विकेट लिए।
इंग्ल्यान्डका कसिला बलरमाझ इन्डियाका के एल राहुल, मोहम्मद शामी र जसप्रिमत बुमरा शून्य रनमै आउट भए। त्यसबाहेक चेतेश्वर पुजरा, रिषभ पन्त, मोहम्मद सिरज र रविन्द्र जाडेजाले क्रमश १, २, ३ र ४ रन बनाए। अन्य खेलाडीले पनि सम्झालायक प्रदर्शन गरेनन्।
यो खेलसँगै जारी इन्डिया इंग्ल्यान्ड टेस्ट १–१ जितको बराबरी भएको छ। पहिलो खेल बराबरीमा रोकिएपछि दोस्रो खेल इन्डियाले एक विकेटले जितेको थियो।
यता तेस्रो खेलमा लज्जास्पद हार बेहोरे पनि इन्डियाका कप्तान कोलहीले आफू र आफ्नो टिम निराश नभएको बताएका छन्।