शुक्रबार, साउन २९, २०८३

चितुवाको आक्रमणबाट बालकको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – चितुवाको आक्रमणवाट बैतडीको तल्लोस्वराडमा शुक्रबार राति एक बालकको ज्यान गएको छ। शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणबाट ज्यान गएको हो।
 
शुक्रबार बेलुका साढे ७ बजे घरको आँगनमा खेलीरहेका बेला एक्कासी चितुवाले बालकमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। चितुवाले आक्रमण गर्दै लगेका बालकको सवा ११ बजेतिर घरभन्दा करिब पाँच सय मिटर टाढा दक्षिणतिरको चिरभोले जंगलमा शव क्षतबिच्छत अवस्थामा फेला परेको उनले जानकारी दिए। बालकको शव परीक्षणको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।

यसैबीच चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि सो क्षेत्रका बासिन्दामा फेरि त्रास फैलिएको छ। सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट २०६८ सालयता २४ जनाको ज्यान गइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।