मंगलबार, असार २३, २०८३

कार्भाजलको गोलमा रियल मड्रिडको जित

स्पेनिस फुटबलअन्तर्गत शीर्ष डिजिनको ला लिगामा रियल मड्रिडले शनिबार राति रियल बेटिसलाई हराएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– स्पेनिस फुटबलअन्तर्गत शीर्ष डिजिनको ला लिगामा रियल मड्रिडले शनिबार राति रियल बेटिसलाई हराएको छ।

बेटिसको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १–० गोलको जित निकलोको हो।

कार्लो एन्सोलोटीको टिमको जितका लागि ड्यानी कार्भाजलले खेलको ६१औं मिनेटमा गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरी रोकिएको खेलको दोस्रो हाफमा करिम बेञ्जेमाले दिएको पासको सदुपयोग गर्दै कार्भाजलले गोल गरे।

यो जितसँगै रियलले सात अंक जोडेको छ। ला लिगामा समान ७ अंक जोड्ने चार क्लबमध्ये रियल मड्रिड शीर्षस्थानमा छ। त्यसपछि सेभिया, भ्यालेन्सिया र मायोर्का क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छ।

यता, गएरातिकै अर्को खेलमा सेभियाले एल्चेसँग बराबरी खेलेको थियो भने भ्यालेन्सियाले अलाभेसलाई ३–० गोलले हराएको थियो।

प्रकाशित: Aug 29, 2021| 08:09 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।