काठमाडौं– इटालियन शीर्ष डिभिजनको फुटबल क्लब युभेन्टसले सिरी ए को दोस्रा खेलमा खेलमा हार बेहोरेको छ।
युभेन्टसको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम इम्पोलीसँग १–० गोलको हार बेहोरेको हो।
खेलको २१औं मिनेटमा एम्पोलीका लियोनार्दो माकुसोले गोल गर्दै अग्रता बनाएका थिए। सो गोल नै खेलको निर्णायक गोल बन्यो।
खेल अवसधिभर ५६ प्रतिसत समय बल नियन्त्रण बनाएर एम्पोलीको पोस्तर्फ १८ गरे पनि युभेन्टसका कुनै प्रहार सफल भएनन्। यता इम्पोलीले लिगमा पहिलो जित निकालेको छ।
लिगको पहिलो खेलमा लाजियोसँग ३–१ गोलको हार बेहोरेको इम्पोलीले दोस्रो खेलमा युभेन्टसलाई हराएको हो।
युभेन्टसले पहिलो खेलमा बराबरी गरेको थियो। यससँगै उसको अहिले दुई अंक छ। युभेन्टसले सिरी एको इतिहासमा तेस्रो पटक सुरुआति दुई खेलमा जितविहिन भएको छ।
५२ वर्षको शीर्ष डिभिजन यात्रामा उसले २०११–१२ र २०१५–१६ को सुरुआत दुई खेलमा जित निकाल्न सकेको थिएन। उसले अहिलेको रंगशालामा खेल्न थालेयता १० औं पटक घरेलु मैदानमा भएको सिरी एको खेलमा हार बोहोरेको हो। त्यसको ३० प्रतिशत खेल भने उसले २०२१ मै हारेको छ।
त्यसैले उसले १० वर्ष यताकै खराब प्रदर्शन गरेको छ। यता इम्पोलीले भने युभेन्टससँगको अवे खेलमा पहिलो पटक जित निकालेको हो।