काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिगका दुई सुपरपावर चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्।
लिभरपुलको एनफिल्ड रंगशालामा सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थामा मोहम्मद सलाहल गोल गरेपछि खेल १–१ गोलको बराबरी भएको हो।
खेलको २२औं मिनेटमा केई हभाट्सले गोल गरेपछि चेल्सीले खेलमा अग्रता बनाएको थियो। जेम्सबाट पाएको फ्रि किक बललाई सदुपयोग गर्दै हभाट्र्सले हेडरमार्फत गोल गरेका थिए।
तर, पहिलो हाफको अन्तिम मिनेटमा रिस जेम्सलाई रेफ्रीले रातो कार्डको सजाय दिएपछि चेल्सी दबाबमा आएको थियो। यता जेम्स बाहिरिसँगै पाएको पेनाल्टीको सदुपयो गर्दै लिभरपुलका मोहम्मद सलाहले खेललाई बराबरीमा ल्याएका थिए।
यो बराबरी नै खेलको निर्णयक बराबरी भयो। १–१ गोलको बराबरीसँगै दुवै टिमले १–१ बाँडेका छन्। त्यसैले तेल्सी र लिभरपुलको समान ७–७ अंक छ।
प्रिमियर लिगको दावेदारका रुपमा हेरिएको दुवै टिमले पहिलो दुवै खेलमा जित निकालेका थिए। तर गएरातिको खेलमा १० खेलाडीमा समेटिएको चेल्सीविरुद्ध लिभरपुल हावी भएको थियो। लिभरपुलले ६६ प्रतिसत समय बल नियन्त्रण राख्दै चेल्सीको पोस्टतर्फ २४ प्रहार गरेको थियो। तर लिभरपुका सबै प्रयास असफल भए।