बुधबार, फागुन २७, २०८२

गँजडी थिए ओबामा, धन्न कोकिनको अम्मली भएनन्

किशोरावयमा हवाइ राज्यमा हुँदा उनले मस्तै गाँजा पिएका थिए र पैसा हुँदा कोकिन पनि सुँघेका थिए। ‘जंकी। गँजडी। त्यसैतर्फ उन्मुख हुँदै थिए,’ उनले लेखेका छन्, ‘थपमा म काला जातिमा पर्थें।’
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

कानुनको विषय पढेर राष्ट्रपतिसम्म भएका पूर्व–अमेरिकी राष्ट्रपति बाराक ओबामाका विगत सबै राम्रो थिएन।

National life

हामी यस्तै त हो नि ब्रो भनेजस्तै उनी बेफिक्रीसँग गाँजामा रमाउँथे र कोकिनको कुलतमा फस्नै आँटेका थिए।

किशोरावयमा हवाइ राज्यमा हुँदा उनले मस्तै गाँजा पिएका थिए र पैसा हुँदा कोकिन पनि सुँघेका थिए। ‘जंकी। गँजडी। त्यसैतर्फ उन्मुख हुँदै थिए,’ उनले लेखेका छन्, ‘थपमा म काला जातिमा पर्थें।’

जतिसुकै समानताको कुरा गरे पनि अमेरिकामा कालाहरूलाई अझै पनि अछुत सरह नै व्यवहार गरिन्छ भन्ने त सन् २०२० मे महिनामा जर्ज फ्लोयड नामक अश्वेत व्यक्तिलाई प्रहरीले दिनदाहडै यातना दिएर मृत्युवरण गर्न बाध्य पारेको घटनाबाट स्पष्ट भएको थियो।

सन् २०१५ को जुलाई महिनाको एक दिन तत्कालीन राष्ट्रपति हुँदा ओबामा ओक्लोहाको राज्यको भ्रमणमा गएका थिए। त्यो कुनै विषेश ठाउँको भ्रमण थिएन। त्यो त जेल थियो। 

ओबामाले पनि आफ्नो किशोर वयमा अश्वेत हुनुको पीडा बुझेका थिए। उनले आफ्नो विगतलाई आफ्नो पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ मा उधिनेका छन्। तर लेख्नु र भोग्नुको वास्तविकता उनले पछि मात्र थाहा पाए।

Laxmi sunrise bank
kumari

सन् २०१५ को जुलाई महिनाको एक दिन तत्कालीन राष्ट्रपति हुँदा ओबामा ओक्लोहाको राज्यको भ्रमणमा गएका थिए। त्यो कुनै विषेश ठाउँको भ्रमण थिएन। त्यो त जेल थियो। राष्ट्रपतिमै बहाल हुँदा अमेरिकी जेलको भ्रमण गर्ने ओबामा नै पहिलो राष्ट्रपति थिए।

जब उनी ओक्लोहोमाको एलरेनोमा पुगे। उनले जेलको कोठा नम्बर १२३ भित्र चिहाए। त्यहाँ नौ फिट चौडा र १० फिट लामो कोठामा तीनवटा खाट, एउटा सिटबिनाको कमोड, किताबसहितको टेुबल, सानो बेसिन, किलामा झुन्ड्याइएका जेलका लुगा र फलामका दराज थियो। त्यो उनको पनि जीवन हुन सक्थ्यो।

तर धन्न उनले भर्खरै उनले चिहाएको कोठाको बन्दी हुन परेन र दशक लामो जेल जीवन बिताउनु परेन।

उनले सो भ्रमणमा एउटा राष्ट्रपति र बन्दी बीचको स्पष्ट भेद महशुस गरे। त्यतिखेर उनले भनेका थिए, ‘हामीले यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भइसकेको छ।’ उनी सो भ्रमणले दुःखी भएको स्पष्ट संकेत देखिएको थियो।

किनभने अमेरिका यसै पनि धेरै युवाहरूलाई बन्दी बनाउने मुलुक हो। स्यानडेभियन मुलुकमा बन्दीअभावमा जेल बन्द गर्नुपर्ने समाचार आइरहँदा अमेरिकमा भने ठाउँ नपुगेर कैदीहरूलाई कोचाकोच गर्नुपर्ने अवस्था रहेको थियो। त्यो अवस्थामा हालसम्म कुनै सुधार आउन सकेको छैन।

त्यसमाथि एउटा सानो कोठामा तीन–तीन जना। ओबामालाई लाग्यो त्यत्रो सानो ठाउँमा तीन–तीन जना बस्नु कुनै पनि हिसाबले उचित छैन। अनि उनले त्यो अवस्थालाई सुधार गर्न के गर्न सकिन्छ भनेर प्रयास थाले।

एल रेनो सुधारगृह अवलोकनका क्रममा उनी यस्तो ठाउँ पुगेका थिए जहाँ कुनै पूर्व–राष्ट्रपति पुगेका थिएनन्। उनी न्याय प्रणालीमा सुधार गर्न के गर्न सकिएला भन्नेमा चिन्तित थिए।

ओबामाले भ्रमणका बेला त्यहाँ छ जना बन्दीसँग भेट गरेका थिए। उनीहरूसँग संयुक्त रूपमा ओबामाले ४५ मिनेट कुराकानी गरे। 

पूर्व–राष्ट्रपतिहरूजस्तै उनी बन्दी जीवनलाई सकेको कठोर बनाउनु पर्छ भन्ने मान्यताको विरोधी थिए। ओबामाको सोच थियो बन्दी जीवनलाई जति जति सकिन्छ उती सहज बनाउने हो।

उनकोे सो प्रयासले सबैलाई के लाग्यो भने अमेरिकाले अपराधीहरूमाथि अलि बढी नै कठोरता अपनाएको छ। विषेशगरी गैरआपराधिक मनोवृत्तिका मानिसहरू पनि परिबन्दले जेल पर्दा चर्कै कठोरता अपनाइएको रहेछ। उनले सो वर्ष मात्रै त्यस्ता ४६ जना बन्दीलाई कैदीमुक्त गर्न आदेश दिएका थिए।

उनी आफ्ना र सुधारगृहका कर्मचारीसहित दर्जनौं अंगरक्षकका अघिपछि गर्दै फलामे ढोका पार गर्दै सुधारगृह छिरेका थिए। ओक्लोहोमाको घाममा टल्किरहेका काँडेतारले घेरिएको पर्खालभित्र उनले केही लागूऔषध दुव्र्यसनी भएका कारण बन्दी भएकाहरूसँग कुराकानी पनि गरेका थिए।

उनलई लाग्यो ऊजाशील युवालाई धेरै लामो समयसम्म सुधारगृहमा राख्नु हुँदैन।

ओबामाले भ्रमणका बेला त्यहाँ छ जना बन्दीसँग भेट गरेका थिए। उनीहरूसँग संयुक्त रूपमा ओबामाले ४५ मिनेट कुराकानी गरे। उक्त कुराकानी आपराधिक न्यायसम्बन्धी एक डकुमेन्ट्रीका लागि खिचिएको पनि थियो। ती छ जना कैदीले ओबामाको ध्यान राम्रैसँग आफूतर्फ खिचे।

‘उनीहरूले मलाई आफ्नो युवा अवस्था र बाल्यकालबारे बताए। उनीहरूले युवा अवस्थामा गरेको जस्तै मैले पनि गरेको थिएँ। त्यस्तो धेरैले गर्छन्,’ ओबामाले भने, ‘फरक कति हो भने उनीहरूलाई सम्हाल्ने कोही थिएनन्। र सच्चिने अवसर दिने र सच्याउने पनि कोही भएन।’

‘हामी कहिलेकाहीँ जे कुरालाई पनि सहजता साथ लिन्छौं तर यसरी युवाहरू जेलमा थुनिनु सामान्य कुरा होइन। युवाहरूले गर्ने उटपट्याङ काम र गल्ती सामान्य हुन्। त्यो विश्वको कुनै पनि कुनाका युवाले गर्छन्,’ ओबामाले भनेका थिए।

ओबामा जुन स्थितिबाट बाहिर निस्कन सके त्यो उनको पारिवारिक पृष्ठभूमिको कारण थियो। उनी होनोलुलुको प्राथमिक स्कुलमा र त्यसपछि आइभी लिग विश्वविद्यालयमा पढ्ने अवसर पाए। यदि अहिले जेलमा भएका लागूऔषधका कैदीहरूले पनि त्यो अवसर पाउँथे भने केही गर्न सक्थे। ‘उनीहरू पनि हामीजस्तै सफल हुन्थे कि,’ उनले भने।

उनले लागूऔषधका कैदी र हत्या, बलात्कार तथा कुटपिटजस्ता हिंस्रक तथा जघन्य अपराध गरेका कैदीबीचको भिन्नता बारे पनि बोले।  ‘यस्ता मानिसहरू पनि हुन्छन् जो जेलभित्र नै हुनुपर्छ। मलाई हिंस्रक कैदीप्रति कुनै सहानुभूति छैन,’ उनले भने, ‘धेरैले भुलवश ती गल्तीहरू गरेका होलान् तर हामीले समाजलाई सुरक्षित बनाउनैपर्छ।’

खल्तीमा हात हालेर हिँडिरहेका उनलाई केन्द्रीय सुधारगृहका निर्देशक तथा त्यहाँका अधिकारीले विभिन्न ठाउँको अवलोकन गराउँदा सुधारगृहका भित्ताहरूमा ‘परिवर्तन’, ‘सत्यता’, ‘पारदर्शिता’ जस्ता शब्द लेखिएका थिए। लाग्थ्यो— त्यो शब्द जेलको भित्तामा नभएर कैदीहरूको दिमागका लागि छापिएका थिए।

भाग्यवश ओबामाले उक्त जीवनबाट पार पाए। हार्वर्डमा कानुन पढे। अमेरिकाको सांसद भए। राष्ट्रपतिसम्म भए।

(न्यूयोर्क टाइम्समा प्रकाशित पिटर बेकरको लेखमा आधारित)

प्रकाशित: Aug 29, 2021| 06:35 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।