मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय कीर्तिमान बनाएपछि गौरिका भन्छिन्- प्रदर्शन सोचेजस्तै रह्यो

राष्ट्रिय कीर्तिमान बनाएपछि गौरिका भन्छिन्- प्रदर्शन सोचेजस्तै रह्यो

टोक्यो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएपछि नेपाली पौडीबाज गौरिका सिंहले खुसी लागेको बताएकी छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- टोक्यो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएपछि  गौरिनेपाली पौडीबाजका सिंहले खुसी लागेको बताएकी छन्।

National life

‘सोचेको जस्तै प्रदर्शन गरेँ। आफ्नो प्रदर्शन सोचेजस्तै भकाले खुसी छु,’ खेलपछि भनिन्, ‘यति नै समयमा पूरा गर्छु भनेर सोचेको त थिइनँ तर जति सक्छु राम्रो गर्छु भन्ने चाहिँ थियो।’ उनले कोभिडका कारण लामो समय अभ्यास गर्न पाएकी थिइनन्। कोभिड सकिएपछि उनले आफ्नो लङकोर्सको अभ्यास नभएको पनि बताएकी छन्। ‘पछिल्लो समय टोकुसिमामा मात्र लङ कोर्स भएको थियो। तर त्यसअघि भने लङ कोर्स भएको थिए। सबै अभ्यास सर्टकोर्समा भएको थियो,’ उनले भनिन्। उनले टोकुसिमामा आफ्नो प्रशिक्षक नभएकाले पछिल्लो अभ्यासमा कमी आएको बताएकी छन्। 

उनले दुई ओलम्पिकको अनुभवलाई भविष्यमा पनि प्रयोग गर्ने बताएकी छन्। उनले भनिन, ‘अब म एक महिनापछि विश्वविद्यालय जाँदैछु। त्यहाँ नयाँ कोर्समा अभ्यास गर्नेछु।’ उनले आँधी आएका कारण पछिल्लो समय जापानमा अभ्यास गर्न नसकेको बताएकी छन्। गौरिका १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउँदै प्रतियोगिताबाट बाहिरिएकी छन्। उनले पुरानो आफ्नै रकेर्डलाई सुधार गरे पनि प्रतियोगिताको अर्को चरणमा पुग्न भने सफल भइनन्।

उनले पहिलेको एक मिनेट ५६ मिलिसेकेन्डको रेकर्डलाई भंग गर्दै एक मिनेट ११ मिलिसेकेन्डको रेकर्ड कायम गरेकी हुन्। उनले यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा रेकर्ड बनाएकी थिइन्। टोक्यो ओलम्पिकको पौडीतर्फ हिट १ मा सहभागी बनेकी गौरिकाले आफ्नो हिटमा तेस्रो स्थानमा रहिन्।

उनी अब दुई दिनमा लन्डन फर्किने छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 28, 2021| 17:50 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।