आइतबार, चैत ८, २०८२

मध्यपश्चिम विश्वविद्यालयको ताला खुल्यो, विद्यार्थीसँग ७ बुँदे सहमति

शनिबार आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रशासनबीच सहमति भए सँगै ताला खुलेको हो। विश्वविद्यालयले गठन गरेको वार्ता समितिका संयोजक सहप्रा डा लीलाधर तिवारी र विद्यार्थीका प्रतिनिधिहरूबीच ७ बुँदे सहमति भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

सुर्खेत- मध्यमपश्चिम विश्वविद्यालयमा लागेको ताला खुलेको छ। विश्वविद्यालयका विद्यार्थीहरूले विभिन्न माग राख्दै विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खुलेको हो। 

National life

शनिबार आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रशासनबीच सहमति भए सँगै ताला खुलेको हो। विश्वविद्यालयले गठन गरेको वार्ता समितिका संयोजक सहप्रा डा लीलाधर तिवारी र विद्यार्थीका प्रतिनिधिहरूबीच ७ बुँदे सहमति भएको छ। 

सहमतिअनुसार मध्यपश्चिम विश्वविद्यालयले अब मिश्रित प्रणाली (अनलाइन र भौतिक उपस्थिति) बाट परीक्षा लिने भएको छ। अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थीले डेढ महिनादेखि आन्दोलन गर्दै आएका थिए। शनिबार राति आन्दोलनरत विद्यार्थी र उच्चस्तरीय समस्या समाधान समितिबीच भएको वार्तामा विश्वविद्यालयले मिश्रित प्रर्णालीबाट परीक्षा लिन सहमति भएको हो।

अब विद्यार्थीले अनलाईन वा भौतिक उपस्थितिमा परीक्षा दिने भनेर रोज्न पाउनेछन्। परीक्षा व्यवस्थापन समितिले सूचना प्रकाशित गरेको मितिले ५ दिनभित्र विद्यार्थीले कुनै माध्यमबाट परीक्षा दिने भनेर रोज्न पाउनेछन् ।

यस्तै सरकारको नियमअनुसार कोरोना महामारीको शुल्कमा छुट मिनाहा गर्ने, कुल विद्यार्थी संख्याको आधारमा १७ प्रतिशत छात्रवृत्ति दिने, मंसिर मसान्तसम्म छात्रवृत्ति वितरण गरिसक्ने, ११ औं सभामा दोस्रो दीक्षान्त समारोह गर्ने सहमति भएको सहमति विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समितिका संयोजक लीलाधर तिवारीले जानकारी दिए ।

Laxmi sunrise bank
kumari

त्यस्तै चालु आर्थिक बर्षमै इ–पुस्तकालयको, प्रयोगशाला र आवश्सक संरचनाहरु निर्माण गर्ने, हालको शुल्कलाई पुर्नयोग्य गर्ने, विश्वविद्यालयका सम्पूर्ण पदाधिकारीले औपचारिक र अनौपचारिक बैठकमा प्रस्तुत हुँदा मर्यादित बोलीभाषा र व्यवहार गर्नुपर्ने, सहमति कार्यान्वयनका लागि कार्यकारी परिषद् र प्राज्ञिक परीषदले निर्णय गरेको एक हप्ताभित्र प्रतिलिपि विद्यार्थी संघसंगठनलाई उपलब्ध गराउनुपर्ने सहमति पनि गरिएको छ। योसँगै ढेड महिनादेखि विद्यार्थीका सम्पूर्ण आन्दोलन कार्यक्रमहरु स्थगित भएका छन्। विभिन्न चरा विद्यार्थी संगठनले १८ बुँदे माग राखेर आन्दोलन थालेका थिए।

प्रकाशित: Aug 28, 2021| 21:02 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्