शनिबार, चैत ११, २०७९

काठमाडौंको जोरपाटीमा ग्याङ फाइट : एक युवाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौंको जोरपाटीमा दु्ई समुहबीच भएको ग्याङ फाइटमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको बारपोखरी ६ का १८ वर्षीय सञ्जय राई रहेका छन् ।
 
कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । मृतक सञ्जयको छातिमा गहिरो चोट लागेको थियो । 

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन् ।

दुबै जनालाई बुधबार (आज) बिहान कपन क्षेत्रबाट पक्राउ गरिएको  महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिए । 

के कारणले झगडा परेको थियो भन्ने खुलेको छैन् । यद्यपी दुई समुहबीच जम्काभेट भएसँगै झगडा सुरु भएको अनुमान गरिएको  छ । 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।