आइतबार, जेठ ३, २०८३

४० लाख ५२ हजार नेपालीले लगाए कोरोना खोपको पूर्ण मात्रा

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शनिबारसम्म नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको संख्या ४० लाख ५२ हजार ७६५ पुगेको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं– ४० लाख ५२ हजार नेपालीले कोरोना खोपको पूर्ण मात्रा लगाएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शनिबारसम्म नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको संख्या ४० लाख ५२ हजार ७६५ पुगेको छ। त्यसै गरी ५० लाख बढीले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।

National life

नेपालमा अक्सफर्ड–आस्ट्राजेनेका, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र प्रयोग भएको छ। जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने अक्सफर्ड–आस्ट्राजेनेका र भेरोसेलको दुई मात्रा लगाउनुपर्छ।

पूर्ण मात्रामा कोभिड खोप लगाइसकेपछि सङ्क्रमण नै हुँदैन भन्ने बुझाइ गलत भएको जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन्।

ङ्क्रमण र मृत्युदर घटाउने विषय कुन खोप लगाइयो भन्ने कुरामा पनि फरक पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्। “नेपालमा प्रयोग भइरहेको अक्सफर्ड-आस्ट्राजेनेका खोपले डेल्टा भेरिअन्टको हकमा पनि सिकिस्त हुने, आईसीयूमा भर्ना हुने दर ९० प्रतिशतको हाराहारीमा घटाएको र मृत्यु हुने दर झन्डै ९५ प्रतिशतले घटाएका तथ्याङ्क छन्।”

युरोपेली देशहरूमा पनि त्यो खोपको प्रयोग भएकोले तथ्याङ्कहरू पाउन सहज भएको उनको ठम्याइ छ।

सुवेदीका अनुसार खोप लगाएका मानिसमा पनि सामान्य लक्षणसहितको सङ्क्रमण हुने सम्भावना रहन्छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि खोप लगाएका मानिसहरू समेत सङ्क्रमित भइरहेको बताउँछन्।

प्रकाशित: Aug 28, 2021| 20:48 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्