मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ६७ वर्षपछि लगातार तीन खेलमा अंकविहीन आर्सनल, म्यानचेस्टर सिटीसँग ५-० को फराकिलो हार

६७ वर्षपछि लगातार तीन खेलमा अंकविहीन आर्सनल, म्यानचेस्टर सिटीसँग ५-० को फराकिलो हार

म्यानचेस्टर सिटीको इतिहाद रंगालामा शनिबार सम्पन्न खेलमा घरेलु टिमले आर्सनललाई ५-० गोलले हराएको हो।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- १० खेलाडीमा समेटिएको इंग्लिस क्लब आर्सनलले शीर्ष डिभिजनको फुटबल प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग लज्जास्पद हार व्यहोरेको छ।

म्यानचेस्टर सिटीको इतिहाद रंगशालामा शनिबार सम्पन्न खेलमा घरेलु टिमले आर्सनललाई ५-० गोलले हराएको हो।

यससँगै आर्सनलले प्रिमियर लिगका पहिलो तीन खेलमै हार व्यहारेको छ। उसले पहिलो खेलमा ब्रेन्टफर्डसँग २-० गोलको हार व्यहोरेको थियो भने दोस्रो खेलमा पनि चेल्सीसँग २-० गोलमै पराजित भएको थियो। 

तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल थप्यो। सिटीलाई आर्सनलविरुद्ध शानदार जित दिलाउन फरान टोरेसले दुई गोल गरे भने इल्के गुन्डोगन, ग्याब्रियल जिसस र रोड्रीले समान १–१ गोल गरे।

खेलको सातौं मिनेटमै हेडर्फत् गोल गरेर जर्मन मिडफिल्डर गुन्डोगनले सिटीलाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटमै टोरेसले गोल गरेर अग्रता दोब्बर बनाएका थिए। 

त्यस्तै, पहिलो हाफको तेस्रो गोल जिससले खेलको ४३औं मिनेटमा गरेका थिए। दोस्रो हाफको ५३औं मिनेटमा रोड्रिले र ८४औं मिनेटमा टोरेसले खेलको अन्तिम गोल गरे।

यता, खेलको ३५औं मिनेटमा, दुई गोलले पछि परेको अवस्थामा आर्सनलका जाकाले सिटीका जोओ क्यान्सेलोसँग खराब ट्याकल गरेपछि रेफ्री अट्किन्सनले उनलाई सजायस्वरुप रातो कार्ड देखाएका थिए।

खेलको बाँकी समय आर्सनल १० खेलाडीमा समेटिएको थियो। अहिले आर्सनल सुरुआति तीन खेलमै पराजित छ। साथै उसले तीन खेलमा कुनै गोल नगरिकनै ९ गोल व्यहोरेको छ।

आर्सनलले सन् १९५४ यता पहिलोपटक प्रिमियर लिगको सुरुवाती तीन खेलमा लगातार हार बेहोरेको हो।

यता म्यानचेस्टर सिटी भने तीन खेलमा दुई जित र एक बराबरीका साथ तालिकाको चौथो स्थानमा छ। उसले यो समर विन्डोमा रोनाल्डो वा ह्यारी केन अनुबन्ध गर्ने इच्छा देखाए पनि त्यो सफल हुन सकेन।

प्रकाशित: Aug 28, 2021| 20:39 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।