पोखरा- लागुऔषधसहित पोखराबाट तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ ।
पोखराको मेन्द्रपुल नजिक शनिबार ग१च ४८६५ नंको कारलाई शङ्का लागि खानतलासी गर्दा उक्त कारमा चालकको साथमा रहेको कालो झोलाभित्र लागुऔषध नाइट्रोभ्याट–१० लेखिएको १२० चक्की र ९६ हजार ४५० रूपैयाँ बरामद गरिएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४