बिहीबार, साउन २८, २०८३

जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जाजरकोट- जाजरकोटको भेरी नगरपालिका- २ तिमिलेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

आज बिहान १ः४५ बजे आउको पहिरोले घर पुरिँदा दलबहादुर वलीको श्रीमती ३२ वर्षीय पार्वती वली, छोरीहरू ९ वर्षीय मोतीकला वली र ३ वर्षीय धनसरा वलीको ज्यान गएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

दलबहादुर घरबाहिर सुतेका कारण बाँच्न सफल भएको प्रहरीले जनाएको छ । 

उद्धारका लागि घटनास्थलतर्फ प्रहरी र सशस्त्र प्रहरी खटाइएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।