काठमाडौं- दुई दिनदेखि बेलुकीपख पर्दै आएको भारी वर्षाको क्रम आइतबार पनि जारी रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति पनि देशका धेरैजसो ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण अझै एक दुई दिन भारी वर्षा हुनसक्ने जनाइएको छ। यसको प्रभाव सोमबार बिहानसम्म रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बद्ली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना छ । मध्य र सुदूरपश्चिमका केही ठाउँमा भने अहिले पनि पानी परिरहेको र यो क्रम दिनभरजस्तै रहने छ । सोमबार मौसम खुल्दै जाने उनले जानकारी दिए ।
भाद्र १५ गते (आईतबार)
दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै मध्य तथा पुर्वी भु-भागमा आंसिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राती: देशभरी आंसिकदेखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
भाद्र १६ गते (सोमबार)
दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राती: देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।
भाद्र १७ गते (मंगलबार)
दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राती: देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४