बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली तमसुक बनाएर करोडौंको असुली : पुरै गाउँलेको उठिबास

नक्कली तमसुक बनाएर करोडौंको असुली : पुरै गाउँलेको उठिबास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले सर्लाहीमा एउटा व्यक्तिहरुले सोझा गाउँलेलाई ऋण दिएर त्यसबाट ब्याजको स्याज जोड्दै गाउँबाटै उठिबास लगाएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
 
श्याम परदेशी भन्ने व्यक्तिले सर्लाहीका विभिन्न गाउँका सोझा नागरिकलाई एउटै ऋणको १९ वटासम्म तमसुक बनाएको र, ५ लाख ऋण दिएर १ करोडसम्मको तमसुक बनाएको भेटिएको छ ।

उनले न्यायप्रणली र  प्रशासनलाई कागजी खेलको भरमा आफ्नो हातमा लिएर पुरै गाउँलेको उठिबास लगाउने गरि मिटर व्याज आतंक मच्चाउने र झुक्काएर तमसुक बनाउँदै लाख दिएर करोडौं असुल्ने गरेको पाइएको हो । परदेशीको पैसाका विषमया दिएको टर्चरकै कारण दुई जनाले आत्महत्या नै गरेका छन् ।
 
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले एउटै ऋणका १९ तमसुक शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले एक साहु, ३०० पीडित शीर्षकमा खबर लेखेको छ ।

नागरिक दैनिकले मिटर ब्याज आतंक: नौ करोडको ठगी शीर्षकमा खबर छापेको छ । नयाँ पत्रिकाले एकै साहुकारले २९९ जनालाई ऋण दिएको कागज बनाए, अदालतले पुर्जी काटेपछि गाउँकै उठिबास शीर्षकमा खबर लेखेको छ ।

यो विषयबाहेक कान्तिपुरले प्रदेश २ सरकारले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको विषयलाई प्राथमिकताका साथ छापेको छ।

नागरिक दैनिकले सुर्खेतमा भीरबाट गाई खसालेपछि उपत्पन्न भएको परिस्थिति र घटनाक्रमलाई प्राथमिकताका साथ छापेको छ।
 
नयाँ पत्रिकाले भने कर्णलीमा सरकारका लागि बजेटविना ६४ गाडी खरिद: तर, जनताका लागि एम्बुलेन्स किन्न विनियोजित बजेट फ्रिज शीर्षकमा मुख्य समाचार छापेको छ।

चरम गरिबीले पिल्एिका रुकुम (पश्चिम), सल्यान, जुम्ला, मुगु, जाजरकोट, दैलेख र सुर्खेत अस्पतालको एम्बुलेन्सको बजेट फ्रिज भएको छ । 

मिटर ब्याज आतंक: नौ करोड ठगी, सय परिवार विस्थापित

नागरिक दैनिकमा  प्रकाशित समाचारअनुसार सर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौं रकम ठगी गरेको पाइएको छ।  

तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलंगवा नगरपालिका बस्ने श्यामकृष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरूलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेको खुल्न आएको हो।  

कलवारले करिब ३ सय घरपरिवारलाई जबर्जस्ती ऋणको कागज गराएर दुःख दिएको भन्दै पीडितहरू न्याय माग्दै काठमाडौं आइपुगेका छन्।

स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोडजति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन्।  कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोडबराबर पुगिसकेको छ।  

ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरू बताउँछन्।  उनीहरूका अनुसार सोही ऋणकै कारण लालबन्दी नगरपालिका–३ की दुर्गादेवी चौधरीले आत्महत्या नै गरिन्।  

राजवीर चौधरी र सावित्री कापर पनि सोही कारणले मृत्युवरण गर्न बाध्य भए।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश २ ले रूख काट्न नदिने

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भएको छ । 

विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ । 

प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पुर्‍याउने घोषणा गरिएकामा रूख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले बताए । 

‘निजगढको सट्टा विमानस्थलका लागि प्रदेशभित्रैको खाली जमिन प्रयोग हुनुपर्छ भनेर छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गराउँदै छौं, निजगढमा लाखौं रूख काट्न दिँदैनौं,’ रायले शनिबार सर्लाहीबाट कान्तिपुरसित भने, ‘संघीय सरकारले हामीसँग समन्वय नगरी भटाभट गरेको निर्णयप्रति हाम्रो असहमति छ । हामीसँग समन्वय नगरी गरेका निर्णय कार्यान्वयन गर्न पनि दिँदैनौं ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास यसै वर्ष गर्ने घोषणा गरिसकेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अनुसार प्रस्तावित निर्माणस्थलमा साना–ठूला गरी करिब २४ लाख रूख काट्नुपर्ने हुन्छ । रूख काट्ने पर्यटन मन्त्रालयको प्रस्ताव १४ महिनादेखि संघको वन तथा वातावरण मन्त्रालयमा थन्किएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।