शनिबार, चैत ७, २०८२

विश्वमा आज के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१ अमेरिकाको दक्षिणी प्रान्त फ्लोरिडा क्षेत्रमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्थितिको घोषणा गर्ने भएका छन् । डोरियन नामक सामुद्रिक आँधी फ्लोरिडातर्फ बढिरहेको प्रशासनले जानकारी गराएपछि राष्ट्रपति ट्रम्पले यस्तो कदम चालेका हुन् । 



२ मलेसियाका प्रधानमन्त्रीले साझा समृद्धिका लागि देशवासीलाई आह्वान गरेका छन् । मध्यम आयको स्थितिमा मुलुक पुगे पनि आर्थिक–सामाजिक उतारचढावबाट मलेसिया गुज्रिरहेको छ । मलेसियालाई समृद्ध र स्वायत्त बनाउन आम मलेसियाली जनतासमक्ष यस्तो अवधारणा राखेका हुन् । 



३ अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ। इरानले मध्यपूर्वमा अमेरिकी सैन्य युद्द शिविरहरू रहुञ्जेल विश्व समुदायले समग्र मध्यपूर्व तथा उत्तर अफ्रिकी क्षेत्रमा कुनै प्रकारको शान्त र मैत्री वातावरण अपेक्षा गनुर्् व्यर्थ भएको जनाएको छ ।  




४‌ भारतीय जनता पार्टीका नेता सुब्रम्हण्यम स्वामीले भारतले समयमै नयाँँ आर्थिक नीति नअपनाउने हो भने ५ ट्रिलियन अमेरिकी डलर बराबरको अर्थतन्त्र बनाउने वर्तमान सरकारको लक्ष्य पूरा नहुने बताएका छन् । गत वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको भारतले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा मुलुकको कुल गार्हस्थ उत्पादन एवम् प्रतिव्यक्ति आयमा ५ प्रतिशत मात्रै वृद्धि गरेको तथ्यांक सार्वजनिक भएको छ । 



५ मुलुकले प्रदान गरेको भाषिक समानताको संवैधानिक प्रावधानलाई अवज्ञा गरेको आरोपमा एअर क्यानाडाले एक फ्रेन्च दम्पतिलाई २१ हजार क्यानेडियन डलर क्षतिपूर्ति तिराएको छ । विमानमा सवार गर्ने क्रममा ति दम्पत्तिले बुझ्ने फ्रेन्च भाषाको प्रयोग अत्यन्त न्यून भएको र तिनले अन्य भाषा बुझ्न नसकेको हुँदा सञ्चारमा समस्या आएको गुनासो अदालतसमक्ष गरेका थिए ।



६ सिरियाली सेनाले मुलुकको उत्तरपूर्वी इड्लिब प्रान्तमा एकतर्फी रूपमा युद्दविराम गर्न तयार भएको छ । यो सिरियाकै द्वन्द्वग्रस्त प्रान्त हो । युद्दबिरामपछि विद्रोही समूहबीच शान्ति वार्ता हुने अपेक्षा गरिएको छ ।



७ श्रीलंका पर्यटनका लागि सुरक्षित गन्तव्य रहेको श्रीलंकाली सेनाले जनाएको छ। केही वर्षअघि मात्रै सेनाले विद्रोही बाहुल्य क्षेत्रमा एकतर्फी दमन गरी सबै लडाकुहरूको सफाया गरेको थियो । 



८ लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमणबाट झण्डै ६ सय बालबालिकाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिका कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त भाइरसबाट झन्डै ८ सय ५० बालबालिका संक्रमित भएका थिए । 



९ अमेरिकाको अलाबामा राज्यस्थित विद्यालयमा फुटबल प्रतियोगिताका क्रममा अन्धाधुन्ध गोली चल्दा १० जना घाइते भएका छन् । तीमध्ये आधाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।