काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा गौतमले प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरे । गौतमले १२० र ढकालले ११० मत प्राप्त गरे ।
कूल २३३ मतमध्ये ३ मत खसेन ।
महासचिवमा सुजन ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १३५ र पौडेलले ९५ मत ल्याए ।
उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत् निर्वाचित भइन् । प्रत्यासी ढकाल र विष्णु बेलबासेको ८३-८३ मत आएपछि गोलाप्रथा गरिएको थियो । उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याएका थिए ।
त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित भएका छन् । प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याए ।
सदस्यमा विनय बञ्जारा, मुना कुँवर, सुजन ढुंगेल, हिमा बिक र कमला अर्याल विजयी भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४