काठमाडौं: तीन वर्षअघि प्रोस्टेट क्यान्सर देखिएपछि अमेरिकामा उपचार गराएका प्रथम राष्ट्रपति डा.रामवरण यादव अहिले सोही रोगको उपचारका लागि भारतको चण्डिगढ गएका छन् ।
डा.यादव सोमबार परिवारका सदस्यहरुसहित चण्डीगढस्थित पोष्ट ग्राजुएट इन्स्टिच्यूट आफ मेडिकल एजुकेशन गएका हुन् ।
राजनीतिमा आउनुअघि चिकित्सा सेवामा रहेका डा.यादवले सोही कलेजमा पढेका थिए।
तीन वर्षअघि अमेरिकाको हेनरी फोर्ड अस्पतालमा राष्ट्रपति यादवको शल्यक्रिया भएको थियो ।
एक पटक क्यान्सर रोग लागिसकेका विरामीले बेलाबेला स्वास्थ्य परीक्षण गराइ रहनुपर्ने भएकाले 'फलोअप' का लागि चण्डिगढ गएको यादवको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४