शनिबार, चैत ७, २०८२

ट्विटरका प्रमुखकै 'एकाउन्ट ह्याक'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
ट्विटरका सहसंस्थापक एवं वर्तमान प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्विटर खाता केही समय ह्याक भएको छ। 'चक्लिङ स्कोड' नाम भनेर चिनिन चाहने एक समूहले ४२ लाखभन्दा बढी फलोअर भएको डोर्सीको ट्विटर ह्याक गरेको हो।

आफ्नो नियन्त्रणमा लिएपछि सो समूहले डोर्सीको ट्विटरबाट १५ मिनेटजति धेरै आपत्तिजनक तथा रङ्गभेदी टिप्पणीहरू गरेका थिए।

ट्विटरले आफ्नो प्रणालीमा कुनै कमजोरी नभएको दाबी गर्दै यो घटनामा नाम उल्लेख नगरी एउटा मोबाइल फोन सञ्चालक कम्पनी दोषी रहेको बताएको छ। एउटा विज्ञप्तिमा भनिएको छ, "मोबाइल सेवा प्रदायकको लापरबाहीका कारण सो खाताका लागि प्रयोग गरिएको फोन नम्बरमा समस्या उत्पन्न भएको थियो।"

"त्यसबाट अनधिकृत व्यक्तिले सो फोन नम्बर प्रयोग गरेर एसएमएस लेख्दै ट्वीट गर्न सक्ने अवस्था बन्यो। त्यसो समस्या अहिले समाधान भइसक्यो। "ट्विटरस्थित एक स्रोतले बीबीसीलाई बताएअनुसार ह्याकरहरूले "सिमस्व्यापिङ" अथवा "सिमज्याकिङ" भनिने विधि प्रयोग गरेर डोर्सीको ट्विटर आफ्नो नियन्त्रणमा लिएका हुन्। यो विधिमा प्रयोगमा रहेको कुनै फोन नम्बरलाई नयाँ सिमकार्डमा सारिन्छ। प्राय: त्यसो गर्न ह्याकरहरूले मोबाइल सेवा प्रदायकको ग्राहक सेवामा खटिने कर्मचारीलाई कुनै बहाना बनाएर झुक्याउँछन् वा आर्थिक प्रलोभन दिन्छन्।

फोन नम्बर हात परिसकेपछि एसएमएस पठाएर डोर्सीको खाताबाट ट्वीट गर्न ह्याकरहरू सक्षम भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।