बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेत गौहत्या घटना : चालकसहित पाँच ट्रक नियन्त्रणमा

सुर्खेत गौहत्या घटना : चालकसहित पाँच ट्रक नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - सुर्खेतमा भएको गौहत्या घटनामा संलग्र रहेको आरोपमा चालकसहित ५ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। छाडाचौपाया नियन्त्रण गर्ने भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको शीरस्थान लैजाने क्रममा बिहीबार राति बीच बाटोमै गाई फालेर फर्किएका ट्रक नियन्त्रणमा लिइएको हो। 

सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा भीरबाट गाई फालेर नेपालगञ्ज फर्कँदै गरेका पाँच वटा ट्रकलाई बबईबाट प्रहरीले नियन्त्रणमा लिएको हो। नेपालगन्ज उपमहानगरपालिकाको कान्जीहाउसमा रहेका गाई दैलेख लैजाने क्रममा बीच बाटोमै ट्रकबाट खसालिएको सुर्खेत प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले कानुनी प्रक्रिया पूरा गरी ल्याइएका गाई बीच बाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको बताए। उनका अनुसार ८ वटा ट्रकमा गाई ल्याइएका थिए । तीमध्ये ५ वटा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएको हो ।

वीरेन्द्रनगरको कटकुवामा झन्डै २ सयको संख्यामा बेवारिसे गाई भेटिएका छन्। तीमध्ये २२ गाई भीरमा मृत अवस्थामा भेटिएका छन् भने ३० भन्दा बढी घाइते छन्। प्रहरीले मृतक गाईको तथ्याङ्क संकलन गरिरहेको छ। करिब तीन किलोमिटरको दूरीमा गाईहरु छन्। भिरमा खसालेको अवस्थामा पनि मृतक चौपायाहरु फेला परेका छन्। प्रहरीले मुचुल्का उठाइरहेकाले मृतक चौपायाहरुको संख्या अझै बढ्न सक्ने देखिएको छ। गाई कसरी मरेका हुन् भन्नेबारे पशु चिकित्सकले अनुसन्धान सुरू गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले मरेका गाईको बाहिरी र भित्री पोस्टमार्टम गरिने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।