बिहीबार, साउन २८, २०८३

भारतीय रक्षामन्त्री सिंह र राजदूत आचार्यबीच छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतीय रक्षा मन्त्री राजनाथ सिंहबीच छलफल भएको छ।

शुक्रबार राजदूत आचार्य र रक्षामन्त्री सिंहबीच मन्त्रालयमा भेट भएको नेपाली दूतावासले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तथा संयुक्त लगानीका आयोजनाहरुको उद्घाटनका विषयमा छलफल भएको जनाइएको छ। 

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने चर्चा चल्दै आएको छ। संविधान दिवस अर्थात असोज ३ गतेको कार्यक्रमको प्रमुख अतिथि मोदीलाई बनाउने तयारी सरकारको थियो।

तर, भारतीय पक्षबाट अहिलेसम्म उक्त विषयमा सन्देश आइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।