बिहीबार, साउन २८, २०८३

सडक विभागमा गगन थापाको धर्ना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सडक बनाउन माग गर्दै धर्ना दिएका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित थापाले आफ्नो क्षेत्रको सडक निर्माण कार्य अलपत्र परेको भन्दै सडक विभागमा धर्ना दिएका छन्।

शुक्रबार उनले विभागमा सांकेतिक धर्ना दिएका हुन्।

धर्नाका क्रममा थापाले क्षेत्र नम्बर ४ अन्तर्गतका सडकहरु तत्काल निर्माणको काम सुरु नभए सिंहदरबारभित्रै धर्नामा बस्ने चेतावनीसमेत दिएका छन्।

सडक बनाउनका लागि सडक संघर्ष गर्नुको विकल्प नभएको दाबी गर्दै थापाले भने, ‘अबको धर्ना कार्यक्रम सडक विभागमा हुँदैन, सिंहदरबारमा हुन्छ र मन्त्रालयभित्र हुन्छ।’ 

सांसद थापाले सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई चेतावनीसमेत दिएका छन्।

मन्त्रालयमै आएर धर्ना दिने चेतावनी दिदै थापाले भने, ‘म यहीँबाट मन्त्रीजीलाई आग्रह गर्दछु, तपाईं कि आउनुस् सडकमा कि बनाउने काम तत्काल सुरु गर्नुस्। होइन भने हामी सडकको अड्डामा आएर धेरै दुःख दिन्नौं। धर्ना दिने कार्यक्रम सिंहदरबारभित्र हुन्छ।’

थापासँगै त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यहरु पनि धर्नामा पुगेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।