बिहीबार, साउन २८, २०८३

कुटपिट गर्ने दुई प्रहरीलाई विभागीय कारबाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - नरिवल बेच्ने एकजना किशोरलाई कुटपिट गर्ने प्रहरी जवान र कुटपिटको भिडियो खिच्ने अर्का एक युवकलाई कुटपिट गर्ने असई विभागीय कारबाहीमा परेका छन्। ड्युटीमा रहेको बेला आचरणविपरित काम गरेको भन्दै कुटपिट गर्ने पर्यटक प्रहरीका असई वीरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादव कारबाहीमा परेका हुन् ।

धनुषाका एसपी शेखर खनालले कानुनविपरित कामगरेको पाइएकोले असई र प्रहरी जवानविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। खनालका अनुसार दुबैजनासँग स्पष्टिकरणसमेत सोधिएको छ।

प्रहरी जवान प्रेमशंकरले पैसा माग गरेको तर दिन नमानेपछि नरिवल बेच्ने किशोर रोशन चौधरीलाई कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन्। तर, एसपी खनालले भने प्रहरी जवानले पैसा मागेको कुरामा सत्यता नरहेको दाबी गरेका छन्। फुटपाथबाट ठेला हटाउन भनेपछि नरिवल बेच्ने रोशन र प्रहरी जवानबीच विवादमात्र भएको उनको भनाइ छ। विवादको क्रममा प्रहरी जवानले हातपात गर्नु कानुनविपरित काम रहेकोले कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी खनालले बताए।

यसैगरी भिडियो खिच्ने युवा अभियन्ता सुशील कर्णलाई जानकी प्रहरी चौकीभित्र बोलाएर दुर्व्यवहार गरेको भन्दै असईलाई पनि कारबाही गरिएको उनले बताए। प्रहरीले हातपात गरेपछि बिहीबार केहीबेर जनकपुरको जानकी चोक क्षेत्र तनावग्रस्त बनेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।