बिहीबार, साउन २८, २०८३

सुर्खेतमा २२ वटा गाईको सामूहिक हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत-  बिहीबार राति सुर्खेतमा ठूलो संख्यामा गाई मारिएका छन् ।  वीरेन्द्रनगरको कटकुवामा २२ वटा गाई मृत अवस्थामा र करिव ४०० गाई अलपत्र छोडिएको अवस्थामा फेला परेका हुन्।  

वीरेन्द्रनगर–१४ का स्थानीय कृष्णप्रसाद पोख्रेलका अनुसार बिहीबार राति कसैले ठूलो संख्यामा ट्रक तथा टिप्परमा गाई ल्याएर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । 

ती गाई वीरेन्द्रनगरको वडा नं ४ ,७ र १४ को सिमामा भेटिएका हुन् । कानमा वीमा कम्पनीको ट्याग लगाइएका ती गाई कसले किन त्यहाँ ल्याएर फाल्यो भन्ने एकीन भइसकेको छैन । 

नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको कुनै नगर वा गाउँपालिकाका लागि पठाएका गाई त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।