बिहीबार, साउन २८, २०८३

छोरीको हत्या गर्ने व्यक्ति १९ वर्षपछि पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- छोरीको हत्या गरेको अभियोगमा प्रहरीले रुपन्देहीमा १९ वर्षपछि एक जनालाई पक्राउ गरेको छ। 

रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ६ गुलरिया, विष्णुपुरा स्थायी ठेगाना भएका ६३ वर्षीय पूर्णवासी लोनिया आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेको रुपन्देहीका प्रहरी प्रवक्ता धर्म भण्डारीले बताए।

प्रवक्ता भण्डारीका अनुसार लोनियाले विक्रम सम्बत ०५४ साल साउन २३ गते १५ वर्षीया छोरी कान्ति लोनियाको हत्या गरी घरदेखि एक किलोमिटर टाढा लगेर पुरेका थिए। 

पछि २२ दिनपछि गाउँलेहरु घाँस काट्न जाँदा मानिसको कपालको रौँ, चुरा, कपडा चतम खनेको माटो देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोही ठाउँबाट प्रहरीले कान्तिको शव निकालेको थियो। 

पूर्णवासी लोनीयाले पटक पटक छोरीलाई कुटपिट गर्ने समेत गरेको हुँदा उनले नै हत्या गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।

पूर्णबासीलाई  १९ वर्षपछि  मालपोत कार्यालय भैरहवा अगाडीबाट प्रहरीले पक्राउ गरेको डिएसपी भण्डारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।