काठमाडौँ- नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले बारा र पर्साका हावाहुरी पीडित परिवारलाई नगद सहयोग गरेको छ।
गत चैत १७ गते आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सामा जनधनको क्षति भएको ठाउँका ३१ जनाको परिवारलाई तरुण दलले बिहीबार नगद सहयोग गरेको हो।
तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत र कोषाध्यक्ष विद्वान गुरुङले मृतकका परिवारलाई प्रति परिवार १० हजारका दरले सहयोग हस्तान्तरण गरेका हुन्।
काङ्ग्रेस बारा जिल्ला कार्यसमितिको कार्यलयमा आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो।
नेपाल तरुण दल बाराले व्यवस्थापन गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसको बारा र पर्साका जिल्ला नेताहरूको उपस्थिति रहेको थियो।
तरुण दललाई नेपाल तरुण दल अमेरिका शाखा बाट रु. २ लाख, नेपाल तरुण दल दोलखा जिल्ला कार्य समिति १ लाख १६ हजार तथा अर्घाखाँचीका सुरज पोखरेलबाट रु. १० हजार सहयोग प्राप्त भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४