बिहीबार, साउन २८, २०८३

सगरमाथा आरोहणका क्रममा रहस्यमय मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ।

रिपोर्टर्स क्लबमा बिहीबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघ संस्थाको लापरबाहीले बिष्टको मृत्यु भएको आरोप लगाउँदै उजूरी गर्ने बताएको हो। 

मृत्यु भएको खबर पनि समयमा नदिइएको र एजेन्सीहरुको लापरबाहीले गर्दा विष्टको मृत्यु भएको परिवारको दाबी छ।    

पत्रकार सम्मेलनमा ध्रुवकी दिदी उषाले रुँदै भनिन्, ‘मेरो भाईको निधन राज्यको निकायदेखि पर्यटन क्षेत्रको लापरबाहीका कारण रहस्यमय तरिकाले भएकाले निष्पक्ष छानबिन हुनुपर्छ।’ उनी ठमेलस्थित हिमालयन स्व्रिmट ट्रेकबाट विदेशी साथीसँग सगरमाथा अरोहणमा गएका थिए।

सगरमाथा आरोहणको क्रममा २०७६ जेठ १० गते निधन भएको थियो। नेशनल गाईड बिष्टको मृत्यु प्राकृतिक प्रकोपको कारण नभई रहस्यमय भएको परिवारजनको आरोप छ।

ठमेलस्थित हिमालयन स्व्रिmट ट्रेकबाट विष्टलाई पनि सगरमाथा आरोहण गराउने भनेर लगेको परिवारले बताएको छ। तर, ७८०० मिटरमा उनलाई छोडेर शेर्पा गाइर्डको साथमा विदेशी साथीलाई मात्र आरोहण गर्न लगिएको थियो।

दिदीले भनेकी छिन्, ‘फर्किने क्रममा १०० मि. अगाडि भएको विष्टको साथीले ध्रुवलाई लडेको देखेर उद्धार टिमलाई सम्पर्क गर्दा उनीहरुले पहिला बेवास्ता गरेको र पछि दुर्घटना स्थलमा पुग्दा विष्टको साथमा अक्सिजन नभएको बुझियो।’ पोस्ट मार्टम रिपोर्टमा हाई अल्टर सिक्नेसको कारण मृत्यु भएको बताइएको परिवारले जानकारी दियो।

विष्टले गत वर्षमात्र ८००० मिटर आरोहण गरेर आएका थिए। १२ वर्षको अनुभव बटुलेर विभिन्न आरोहणमा संलग्न भएका विष्टको लडेर मर्यो भन्ने कुरा परिवारजनलाई स्वीकार गर्न कठिन भएको दखिन्छ। विष्ट इन्टरनेशनल माउन्टेन गाईडको प्रमाणपत्र प्राप्त गर्ने क्रममा थिए।

गाइड बिष्ट सुदूरपश्चिमका स्थायी बासिन्दा हुन्। बिष्टको २२ वर्षकी श्रीमती र १६ महिनाको बच्चा छन्। रुकुमको सिस्ने हिमाल आरोहण गर्ने पहिलो टिममा बिष्ट पनि एक थिए। मुस्ताङमा सञ्चालन भएको स्केटिंगमा पनि बिष्टको योगदान रहेको छ। उनकी दिदी उषा विष्ट पनि हिमाल आरोही हुन्। आरोहणको अनुभवी उषाको पद चापलाई पछ्याउँदै भाई ध्रुव विष्टले यस क्षेत्रमा प्रवेश गरेका थिए।

सरकारले पर्यटकहरुसँग आरोहण अनुमतिका लागि प्रतिव्यक्ति दशदेखि बीस हजार डलर लिने गरेको छ भने एक आरोहण वापत् पर्यटकले नै गाईडलाई एक हजार डलर दिने गरेको छ।

सरकारले शेर्पा गाईडलाई केही दिँदैन। यदि शेर्पा गाईडको निधन भएमा सरकारले पन्ध्र लाख मृतकको परिवारलाई दिन्छ। कार्यक्रममा ध्रुबका दाजु कुमार विष्टले पनि आफ्नो भाईको मृत्यु रहस्यमयी भएकोले यथाशक्य छानबिन हुनुपर्ने माग गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।