काठमाडौं - सामूहिक बलात्कारको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले कलंकीबाट तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ गरेका एक जनाको नाम खुलाउन चाहेको छैन भने अर्को एकजना फरार रहेका छन्। पक्राउ परेका दुईजना भने धादिङ गजुरी गाउँपालिकाका २३ वर्षीय रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय मदन थापामगर रहेका छन्।
कालिमाटी बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार गत ६ गते धादिङका दुईजनाले नागार्जुनमा लगेर बलात्कार गरेका र गत भदौ १० गते नाम नखुलाइएका दुई व्यक्तिबाट कलंकीस्थित पशुपति गेस्टहाउसमा लगेर जबरजस्ती करणी गरेको गरेको अभियोग छ।
एउटै किशोरीलाई दुई पटक सामूहिक बलात्कार भएको घटनाको सूक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४