बिहीबार, साउन २८, २०८३

वीरेन्द्रनगर : चोक ठडियो, सालिक सड्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- कर्णाली प्रदेशको केन्द्र अर्थात् राजधानी शहर वीरेन्द्रनगर । शहरको पनि मुख्य केन्द्र वीरेन्द्रचोक । केही दिन पहिलासम्म यही चोकको अवस्था यस्तो नाजुक थियो की, जोसुकैले पनि नाक खुम्च्याउँथे ।

नाम वीरेन्द्रचौक, तर चोकमा न सालिक, न कुनै आकार नै । संरक्षण र मर्मत सम्भारको अभावमा वेबारिसे जस्तै बनेको यही चोकको स्वरुप अहिले भने बदलिएको छ ।

२०६२/२०६३ सालको जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो । देशमा गणतन्त्रको घोषणासँगै देशभर राजाहरुका सालिक तोडिए । त्यही क्रममा वीरेन्द्रनगरमा रहेको राजा वीरेन्द्रको सालिक पनि तोडियो । त्यसयता वीरेन्द्र चोक चालकविहीन छ । पछिल्ला केही वर्षयता वीरेन्द्र चोकमा फेरि सालिक राख्नुपर्ने माग बढ्दै गएको छ । यही क्रममा वीरेन्द्रनगर नगरपालिकाले चोकको पुनर्निमाण गरेको छ ।

क्रंक्रिट थुप्रिएको चोक अहिले चिटिक्क बनेको छ । रङ्गरोगन गरिएको छ, फूलहरु रोपिएको छ । चोकको नामकरण पनि वीरेन्द्रचोक नै उल्लेख गरिएको छ । तर नामअनुसार चोकमा वीरेन्द्रको सालिक भने छैन ।

निर्माणको काम चलिरहँदा धेरैलाई लागेको थियो चोकमा अब वीरेन्द्रको सालिक पनि राखिन्छ । तर त्यसो भएन ।

यद्यपी चोकमा वीरेन्द्रको सालिक राख्नुपर्ने माग भने अहिले पनि सेलाएको छैन । अर्कोतर्फ कतिपयले गणतन्त्रमा अब कुनै राजाको सालिक राख्नु आवश्यक नहुने धारण राखिरहेका छन् । यी दुबै बिचार र मागका कारण पनि नगरपालिकाले चोकको निर्माण त गर्यो, तर सालिक भने राखेन ।

एक पक्ष सालिक राख्नुपर्ने माग अगाडि सारिरहेको छ भने अर्को पक्ष गणतन्त्रमा राजाका सालिकको अर्थ नहुने भन्दै चोकमा राख्न नहुने अडानमा छ ।

चोकबारे विवाद कायमै रहँदा अब यो चोकलाई सहिदचोक नामकरण गर्नुपर्ने माग पनि बलियो छ । कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका सहिद र गणतन्त्रका सहिदको सम्मानमा यसलाई सहिद चोक नामकरण गर्नुपर्ने कतिपयको माग छ । चोकको नाममा मात्र होइन, नगरपालिकाकै नाममा समेत यसअघि विवाद भएको थियो । नगरपालिकाको तत्कालीन सर्वदलीय संयन्त्रले नै यसअघि नगरपालिकाको नाम सुर्खेत नगरपालिका राख्न मन्त्रालयमा प्रस्ताव गरेको थियो । वीरेन्द्रनगर नाममा असहमति राख्दै केही वर्ष पहिला नगरपालिका कार्यालयमा वीरेन्द्रनगर मेटाएर सुर्खेत नगरपालिका लेखिएको थियो ।

कहाँ छ वीरेन्द्रको सालिक?

स्वर्गीय राजा वीरेन्द्रको सालिक २०४४ देखि २०६३ सालसम्म त चोकमै थियो । सालिक अनावरणका लागि तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्या सुर्खेत आएका थिए । राजसंस्था ढलेसँगै वीरेन्द्रको सालिक पनि ढल्यो । त्यसपछि यो चोकमा सालिक ठडिन सकेको छैन । गणतन्त्रको लहर चलेको बेला तोडिएको वीरेन्द्रको सालिक सिङ्गो त छैन ।

टुक्रा परेको उक्त सालिकको केही भाग भने अहिले नगरपालिका कार्यालयको हाताभित्र वेवारिसे अवस्थामा छ । नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले सालिकको बाँकी रहेको भाग नगरपालिका कार्यालय परिसरभित्र रहेको बताए । उनका अनुसार सालिक तोडिएपछि नगरपालिकाले नै उठाएर लगेको थियो ।

भारतको जयपुरबाट सालिक निर्माण गरी ल्याइएको थियो । वेवारिसे अवस्थामा रहेको सालिकको टाउको र खुट्टाको भाग छैनन् ।


सालिक राख्ने योजना छैन : देवकुमार सुवेदी, मेयर

नगरपालिकाले वीरेन्द्र चोकको पुनर्निर्माण गरेको छ । नगरको सम्पत्ति बचाऔँ भनेर चोकलाई व्यवस्थित गरेका हौँ।

सुरुमा चौकमा पानीको फोहोरा राख्ने कि भन्ने सोचेका थियौँ । तर बजेटलगायतका विविध समस्याका कारण तत्काल फोहोरा राख्न सम्भव भएन ।

अहिलेलाई रङ्गरोगन र फूल रोप्ने काम भएको छ । नगरपालिकाको काम यो चोकलाई जसरी हुन्छ आकर्षक र व्यवस्थित बनाउने हो ।

तर यो चौकमा वीरेन्द्रको सालिक राख्ने योजना भने छैन । वीरेन्द्रको सालिक हटेको पनि लामो समय भइसकेको छ ।

त्यसकारण पनि अब त्यो सालिकको विषय ब्यूँझाउने पक्षमा हामी छैनौँ । बरु यो चोकलाई कसरी हरियाली र आकर्षण बनाउनेतर्फ सबै जुटौँ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।