बिहीबार, साउन २८, २०८३

सांसद गिरीद्वारा संसदीय समूहको संयोजक पद अस्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सत्तारुढ समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदीय समूहको संयोजक पद अस्वीकार गरेकी छिन्। नेपाल भुटान संसदीय मैत्री समूहको संयोजकको रुपमा नियुक्त भएको पत्र संसद सचिवालयबाट गिरीलाई आएको छ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद गिरीले संविधानले नै आफूलाई विभेद गरेकोले आफूले उक्त समूहको संयोजक पद अस्वीकार गरेको जानकारी दिइन्।

‘म स्वयम् आफूलाई यस पदका लागि अयोग्य ठानेको छु। संविधानको धारा २८९ ले विभेद गरेको छ।’, सांसद गिरीले भनिन्, ‘पञ्चायतकालमा मेरो अधिकार बराबरी थियो। अन्तरिम संविधानसम्म पनि अधिकार बराबरी थियो। तर, नेपालको संविधान २०७२ ले अधिकार कटौती गरेको छ।’

भारतमा जन्मेकी गिरीको पञ्चायतकालमा नेपालमा बिहे भएको थियो।
 
‘जब मलाई यस देशको यो कानूनले नै भनेको छ तिमी फरक नागरिक हौं।’, उनले भनिन्, ‘नेपाल मेरो देश र मेरो घर हो तर मैले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्दिन।’

संविधानमा रहेको नागरिकता सम्बन्धी विभेद हटाउन आफू संघर्ष गरिरहने जानकारी दिँदै उनले भनिन्, ‘जुन दिनसम्म त्यो संविधानले अधिकार दिँदैन त्यो दिनसम्म संघर्ष गरीरहने छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।