बिहीबार, साउन २८, २०८३

तातोपानी नाका खुलेसँगै तस्करी सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - केही समयसम्म रोकिएको रक्तचन्दन तस्करी फेरि मौलाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) र महानगरीय प्रहरी बृत्त बौद्धको सहकार्यमा काठमाडौंको रामहीटीबाट प्रहरीले रक्तचन्दनसहित एक किलो यार्सागुम्बा पक्राउ गरेको छ । 

सिआइबीका अनुसार घरमा स्टोर गरेर राखेको अवस्थामा बुधबार साँझ यार्सा र रक्तचन्दन बरामद भएको हो। सिआइबीका अनुसार च्याङ्बा लामाको घरबाट रक्तचन्दन बरामद भएको थियो। 
सिआइबीका निर्देशक डीआइजी निरजबहादुर शाहीका अनुसार विशेष सुराकीका आधारमा सिआइबी र बौद्ध प्रहरीको संयुक्त टोलीले च्याङ्बासहित योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको हो।

बिक्रीका लागि राखिएको अवस्थामा प्रहरीले रक्तचन्दन पक्राउ गरेको हो। तर, त्यसको मालिक को भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रक्तचन्दनसँगै एक किलो यार्सागुम्बा पनि भेटिएको डिआइजी शाहीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा तातोपानी नाका खुलेसँगै रक्तचन्दन र यार्सागुम्बाको तस्करी पनि विस्तारै मौलाउदै गएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।