बिहीबार, साउन २८, २०८३

सवारी दुर्घटना : उपत्यकामा ज्यान गुमाउने बढ्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीको सिनामंगलमा आइतबार टिपरको ठक्करबाट बा३८प नम्बरका मोटरसाइकल चालक पासाङ भोटेको घटनास्थलमै ज्यान गयो । उक्त घटनामा अन्य तीन जना घाइते भए । 

यो प्रतिनिधि उदाहरण मात्र हो, चालू आर्थिक वर्षको साउनमा मात्रै सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाइसकेका छन् । 

पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने उपत्यकामा बर्सेनि सवारी दुर्घटनामा परी ज्यान गुमाउने बढेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा २५४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए । यस्तै, आर्थिक वर्ष ०७४/७५ मा १९४ जना, आर्थिक वर्ष ०७३/७४ मा १८२ र आर्थिक वर्ष ०७२/७३ मा १६६ जनाले सवारी दुर्घटनामा ज्यान गएको थियो । 

उपत्यकाका सडक जोखिमपूर्ण भएकाले बर्सेनि दुर्घटना र त्यसमा ज्यान गुमाउनेको संख्या बढिरहेको ट्राफिक इण्जिनियर बताउँछन् । सडक पूर्वाधार कमी, चालकमा अनुशासन अभाव, अत्यधिक सवारी चापलगायत कारणले उपत्यकाका सडक जोखिमपूर्ण भएको उनीहरूको भनाइ छ । 

महाशाखाका प्रवक्ता तथा एसपी रविकुमार पौडेल ट्राफिक इण्जिनियरको भनाइमा सहमत जनाउँछन् । उनी भन्छन्, ‘खासगरी सवारी चालकको लापरवाहीले बढी दुर्घटना भइरहेको छ ।’ 
उनका अनुसार चालकको लापरवाहीका कारण ८६ प्रतिशत दुर्घटना हुने गरेको छ । 

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ मा सवारी चालकले जानाजानी दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ । सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भएमा भने दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । 

दुर्घटना पनि बढ्दै 

पछिल्लो समय सवारी दुर्घटना पनि बढिरहेको छ । पछिल्लो चार वर्षमा दुर्घटना झण्डै तीन हजार बढेको महाशाखाले जनाएको छ ।  

महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/७३ मा ५६६८ सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष ०७५/७६ मा त्यो संख्या बढेर ८५११ पुगेको छ । 
यस्तै, आर्थिक वर्ष ०७३/०७४ मा ५५३० र ०७४/७५ मा ६३८१ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

अत्यधिक सवारी चाप, सडक पूर्वाधार अभाव, चालक अनुशासित नहुनुलगायत कारणले दुर्घटना बढिरहेको पौडेल बताउँछन् । ‘यो अवस्था हेर्दा नेपालमा दुर्घटना अझ बढी हुनुपर्ने हो,’ उनले भने । 
दुर्घटना न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरे पनि चालक अनुशासित नहुँदा कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ । ‘दुर्घटना घटाउन ट्राफिक प्रहरीले मात्रै पहल गरेर हुँदैन, आवश्यक सडक पूर्वाधार निर्माणसँगै सवारी चालक पनि अनुशासित हुन आवश्यक छ,’ उनले भने । 

उपत्यकामा सवारी दुर्घटना र मृतकको संख्या

आर्थिक वर्ष        दुर्घटना     मृत्यु 
०७२/७३            ५६६८        १६६
०७३/७४            ५५३०        १८२
०७४/७५            ६३८१        १९४
०७५/७६            ८५११        २५४

स्रोत : महानगरीय ट्राफिक प्रहरी महाशाखा । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।