आइतबार, जेठ ३, २०८३

कोभिड अपडेट : २२ सय २२ जना संक्रमणमुक्त, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

National life

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या भने ३६ हजार ८६६ छ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७६७ परीक्षणबाट ३४१ जनामा पोजिटिभ देखिएको छ। २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार १७६ परीक्षणमा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ छ।

२४ घण्टामै कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६९० पुगेको छ।

प्रकाशित: Aug 28, 2021| 16:48 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्