बिहीबार, साउन २८, २०८३

राष्ट्रसंघीय महासभामा नजाने भए प्रधानमन्त्री ओली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण उनी तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा सहभागी नहुने भएका हुन् । 

प्रधानमन्त्री ओली हाल सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको उपचार गराई राखेका छन् । अझै एक सातासम्म उपचार क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शारीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीको सट्टा महासभामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा एक टोली त्यसतर्फ जाने भएको छ । यसबारे परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगलाई जानकारी गराइसकेको छ।

परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल असोज ५ मा न्युयोर्क पुग्नेछ। महासभामा नेपालले असोज १३ मा आफ्नो धारणा राख्नेछ। 

महासभा बैठकमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, योजना आयोगका सदस्य कृष्णप्रसाद ओली र स्वास्थ्य सचिव पुष्पा चौधरीसहितका उच्च पदाधिकारी सहभागी हुनेछन्।

परराष्ट्र सचिव बैरागी, परराष्ट्रमा राष्ट्रसंघ महाशाखा प्रमुख सहसचिव भरतराज पौड्याल, सार्क महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई र वासिङटनस्थित दूतावासका राजदूत अर्जुन कार्की पनि सहभागी हुनेछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।