शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. बेलायती प्रतिपक्षी दलहरुले बिना शर्त युरोपेली संघबाट बेलायतलाई निकाल्ने प्रधानमन्त्रीको कसरतलाई रोक्ने प्रयास गरेका छन् ।

२. अमेरिकाको केन्द्रीय बैंकका एक पूर्व अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्पको दवाबमा कुनै निर्णय नलिन सम्पूर्ण अमेरिकी वित्तीय क्षेत्रलाई सजग गराएका छन् । 

३. बङ्गलादेशको गरीबी बिगत दश वर्षमा पचास प्रतिशतले घटेको वित्तमन्त्री एके अब्दुल मोमिनले बताएका छन् । दक्षिण एसियाली मुलुक बङ्गलादेश गरीबी, भोकमरी, प्राकृतिक प्रकोप र सामाजिक अस्थिरताबाट गुज्रिरहेको भए पनि घट्दो गरीबीले उसलाई केही राहत दिएको छ । 

४. माल्दिभ्सको सरकारले आफ्नो मुलुकभित्र रहेका सबै स–साना द्वीपहरुलाई जोड्ने एउटा महत्वाकांक्षी योजनाको घोषणा गरेको छ । यस योजना सम्पन्न भएमा मुलुक कै आर्थिक स्थिती सुध्रिने अपेक्षा गरिएको छ । 

५. बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले महारानी एलिजाबेथ द्वितियाको सम्बोधन वर्तमान संसदको निलम्बनपछि हुने जनाएका छन् । 

६. चिनिया मूलका एकजना पादरीलाई इसाईहरुको केन्द्र मानिने भ्याटिकनबाट विशेष अधिकार प्रदान गरिएको जनाइएको छ । चीनले खुलापन र व्यक्तिगत स्वतन्त्रतालाई केही खुकुलो पारेपछिको यो निकै महत्वपूर्ण सामाजिक घटना भएको समाजशास्त्रीहरुले जनाएका छन् ।

७. अफगानिस्तान युद्धले महाशक्ति राष्ट्रहरुका सैनिकहरुलाई एकपछि अर्को जटिल मानसिक कुण्ठा र मनोरोगको चपेटमा पार्दै लगेको एक तथ्य सार्वजनिक भएको छ । 
सन् २००१ देखि अमेरिकाको नेत्रित्वमा बेलायतसहित विश्वका झन्डै तीन दर्जन शक्तिराष्ट्रका सैन्य शक्ति तालिबान सत्तालाई अपदस्थ गर्न त्यहाँ तैनाथ रहँदै आएका छन् ।

८. भारतीय सर्वोच्च अदालतले कश्मीरको वर्तमान मुद्दा उपर परेको रिटको सुनुवाई हुने जनाएको छ । कश्मिरले पाउदै आएको भारतीय संविधानको  धारा ३७० अन्तर्गतका स्वयत्तताका सुबिधाहरु केन्द्र सरकारले खारेज गरेपछि त्यसविरुद्ध रिट परेको थियो ।

९. पुरातत्वविदहरुले पेरूमा एउटा धार्मिक अनुष्ठानका लागि बली चढाइएका २२७ बालबालिकहरुको अवशेष फेला परेका छन् । चिमू संस्कृतिमा दैवीय शक्तिलाई  खशी पार्न बच्चाहरुको बलि दिने प्रचलन रहेको ईतिहास छ ।

१०. जापान सरकारले देशको दक्षिण–पश्चिममा सम्भावित बाढी तथा पहिरोलाई बिचार गर्दै २ लाख ४० हजार मानिसहरुलाई सुरक्षित स्थानतर्फ पुर्याइएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।