बिहीबार, साउन २८, २०८३

पौडेल अस्वस्थ भएपछि कांग्रेस बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ्य भएको जानकारी आएपछि बैठक स्थगित भएको हो।

बुधबार दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। सभापति शेरबहादुर देउवासहित शिर्ष नेताहरु कांग्रेस कार्यालय सानेपा पुगेका थिए। वरिष्ठ नेता पौडेल अस्वस्थ भएको खबर आएपछि साँझ बैठक स्थगित भएको हो।

बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति आपत्ती जनाए। शर्माले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं बैठकमा सहभागी हुनु संवैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटीपूर्ण भएको दाबी गरे।

यसअघि संघीय संसदमा पनि कांग्रेसले आपत्ति जनाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।