बिहीबार, साउन २८, २०८३

वीरगंजका मेयरविरुद्ध राजपाको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीविरुद्ध राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदर्शन गरेको छ। 

महानगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेको दुई वर्ष बितिसक्दा पनि नगरको विकास र जनताको हितमा काम गर्न नसकेको भन्दै बुधबार राजपाले विरोध प्रदर्शन गरेको हो।

घण्टाघर नजिकबाट राजपाले निकालेको विरोध जुलुसका सहभागीले मेयर सरावगीविरुद्ध चर्को नाराबाजी गरेका थिए। नगर परिक्रमा पश्चात महानगरपालिका कार्यालय पुगेको विरोध जुलुसका सहभागीले मेयर सरावगीलाई ज्ञापनपत्र बुझाएका थिए।

वीरगंज महानगरपालिकामा भौतिक विकास निर्माणको काम नभएको, विकास निर्माणका योजनाहरु अलपत्र पारिएको, मेयरले सामुदायिक विद्यालयलाई धारासायी बनाएको आरोप राजपाले लगाएको छ।

सरावगीले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण गर्न नसक्दा भू–माफियाहरुको चलखेल बढेको राजपाको आरोप छ। नगरप्रमुख सरावगीलाई ज्ञापनपत्र बुझाइसकेपछि राजपाले महानगरपालिकाको मुल प्रवेशद्वारमै कोणसभा गरेको थियो।

यसअघि समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव आफ्नै पार्टीबाट मेयरमा निर्वाचित मेयर सरावगीविरुद्ध खनिएका थिए।
 
नवनिर्मित बसपार्क टर्मिनल भवनको उद्घाटन गर्न मंगलबार वीरगंज पुगेका यादवले मेयर सरावगीको आलोचना गरेका थिए। महानगरपालिकाले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै यादवले मेयर सरावगीको आलोचना गरेका थिए।

यद्यपि सरावगीले भने विकासको सवालमा संघ र प्रदेश सरकारबाट सहयोग नपाएको भन्दै गुनासो गरेका थिए। सरावगी तत्कालीन संघीय समाजवादी पार्टीबाट वीरगंज महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।