बिहीबार, साउन २८, २०८३

स्कुल हिँडेकी छात्राको बाटौमै मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – पाल्पाको रम्भा गाउँपालिकास्थित रम्भा माध्यमिक विद्यालयकी एक छात्राको बाटोमा हिँड्दा हिँड्दै बेहोस भएर मृत्यु भएको छ। 

कक्षा १० मा अध्ययनरत कमला फाल बुधबार बिहान पौने ८ बजेतिर विद्यालयमा ट्युसन पढ्न आउने क्रममा विद्यालय नजिकै बेहोस भएकी विद्यालयले जनाएको छ । फाललाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुमा उपचार सम्भव नभएपछि तत्काल लुम्बिनी मेडिकल कलेज पठाइएको र उनको बाटोमै मृत्यु भएको विद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।