बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिन बाटो खुल्यो

जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिन बाटो खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने सम्बन्धी विवाद समाधान भएको छ।

गृह मन्त्रालयले जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिन जिल्ला प्रशासन कार्यालयहरुलाई गरेको परिपत्र कायम हुने भएको छ।

उक्त परिपत्रका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। 

रिटमाथि सुनवाई गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित ५ न्यायाधीशको संवैधानिक इजलासले जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई बंशजको आधारमा नागरिकता दिने बाटो खुला गरेको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले जन्मका अधारमा नगरिकता पाएकाको सन्तानलाई बंशजको नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्र उपर रिट दायर गरेका थिए। सो रिट संवैधानिक इजलासले बुधबार खारेज गरेको हो।

रिट खारेज भएसँगै अब जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।