काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा संसदमा रहेको नागरिकता विधेयक र सत्यनिरुपण तथा मेलमिलाप आयोगका विषयमा छलफल भएको छ।
प्रचण्डले पार्टीका शिर्ष नेतालाई बोलाएर छलफल गरेका हुन्। बैठकमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा नागरिकता विधेयकलाई अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा एक वर्षदेखि अल्झिएको नागरिकता विधेयकका विषयमा उपसमितिले हालै अधुरो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा महिलाको नामबाट दिइने नागरिकताको विवाद अझै कायम रहेको छ। सोही विषय छलफलको माध्यमले समाधान गर्न प्रचण्डले नेतालाई आग्रह गरेका छन्।
यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिनुका साथै सम्बन्धीत विधेयकलाई टुंग्याउने विषयमा पनि छलफल भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४