बिहीबार, साउन २८, २०८३

'फास्ट ट्रयाक' साढे ३ वर्षमा, लागत १ खर्ब ७५ अर्ब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) साढे तीन वर्षमा निर्माण गरिसक्ने बताएको छ। उसले उक्त आयोजना सम्पन्न गर्न मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लाग्ने बताएको छ। 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै  सेनाले आयोजनाको लागत र निर्माण सम्पन्न अवधिका बारेमा जानकारी दिएको हो। आयोजनाको प्रारम्भिक लागत १ खर्ब ११ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि हाल बढेर १ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको सेनाले जनाएको छ। विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ। 

आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्च भने नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ। द्रुत मार्ग खोकनाबाट सुरु भई निजगढसम्म ७२ दशमलव ५ किलोमिटरको हुने भएको छ। ४ लेनमा निर्माण हुने द्रुत मार्गमा  ३ वटा सुरुङ मार्ग बन्ने भएको छ।

डिपीआरअनुसार यो परियोजनाका लागि १ लाख ५१ हजार रुख काटिनेछन्। मार्गमा अहिले कटिङ, फिलिङ, कल्भर्ट बनाउने लगायतका काम भइरहेका छन्। डिपीआर बन्नु अघि नै परियोजनाको ८ प्रतिशत काम सेनाले सम्पन्न गरिसकेको जनाएको छ। परियोजनाबारे प्रत्येक ४ महिनामा पत्रकार सम्मेलन गरी जानकारी दिने सेनाले बताएको छ।

यसैबीच खोकनाको विवाद मिलाउन सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ। खोकना क्षेत्र र महादेवटार लेन डाँडा क्षेत्र गरी दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो ।

धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रको संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ। साथै महादेवटारबाट लेनडाँडासम्मको खण्डमा एडीबीद्वारा  प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरुसहित रेखांकन परिर्वतन भएको छ। यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रुत मार्ग निर्माणको डीपीआर स्वीकृत गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।