बिहीबार, साउन २८, २०८३

विश्वकै सस्तो गन्तव्यको चौथो स्थानमा नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- विश्वको प्रतिष्ठित पर्यटन प्रकाशन लोन्ली प्लानेटले नेपाललाई सस्तोमा घुम्न सकिने देशको सूचीमा सूचीकृत गरेको छ।

विश्वका ६ वटा सस्तोमा घुम्न सकिने देशहरुको सुचीको चौथो स्थानमा लोन्ली प्लानेटले नेपाललाई सूचीकरण गरेको हो। 

सस्तो गन्तब्यमा सुचीकृत भएको नेपालमा मुख्य आकर्षणमा लोन्ली प्लानेटले पुरानो काठमाडौ सहर, भक्तपुर क्षेत्र, सगरमाथामा आधारशिविर क्षेत्र र अन्नपूर्ण आधारसिविर यात्रालाई प्राथमिकता दिएको छ। 

सस्तो गन्तव्यमा सूचीकरण हुने श्रीलंका सहित नेपाल मात्रै एसियायी मुलुक रहेका छ। दुई दक्षिण एसियाली, एक उत्तर अमेरिकी र तीन युरोपेली मुलुकलाई लोन्ली प्लानेटले सस्तो गन्तव्यमा सूचीकरण गरेको छ। 

उत्तर अमेरिकाबाट निकारागुआ रहेको छ भने युरोपबाट ग्रीस, पोर्चुगल र हङगेरी रहेका छन ।

शीर्ष छ सस्तो गन्तव्यहरुमा क्रमशः श्रीलंका, ग्रीस, पोर्चुगल, नेपाल, हङगेरी र निकारागुआ रहेका छन । 

सन १९७२ मा स्थापना भएर पर्यटनजन्य पुस्तक, मोबाईल एप्लिकेसन, भिडियो र म्यागाजिन आदि उत्पादन गर्ने लोन्ली प्लानेटले सस्तो गन्तव्यमा नेपाललाई सूचीकरण गरेपछि विश्व बजारमा सकारात्मक सन्देश जाने प्रदेश १ का पर्यटनकर्मी बासुदेब बराल बताउँछन्। 

नेपाल समयसग कुरा गर्दै बरालले भने, नेपालले नेपालको पर्यटनको बिज्ञापन गर्नुभन्दा अन्तर्राष्ट्रिय पर्यटन प्रकाशनगृहहरुले गर्नु अत्यन्तै राम्रो हो। भ्रमण बर्ष २०२० लाई यस्ता खबरले फाइदा गर्छन् ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।