बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • द्रुतमार्ग निर्माणमा कस्सियो सेना : साढे २ वर्षमा सबै काम सक्ने

द्रुतमार्ग निर्माणमा कस्सियो सेना : साढे २ वर्षमा सबै काम सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्ग (एक्सप्रेस वे) निर्माण तोकिएको समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ।

६ महिनादेखि रोकिएको द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पारित भएलगत्तै जंगी अड्डाको आन्तरिक ब्रिफिङमा प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन्। आयोजना २०७८ वैशाखमा सम्पन्न गर्नुपर्ने भनिए पनि चालु वर्षको नीति तथा कार्यक्रममा एक वर्ष थपिएको छ।

आयोजनाको डीपीआर भदौ १ मा स्वीकृत भएको थियो। ६ महिनादेखि अड्किएको डीपीआर अघि नबढ्दा काममा ढिलाइ हुने भन्दै सेना रक्षा मन्त्रालयमा धाइरहेको थियो।

‘सेनाको प्रतिष्ठासँग जोडिएको छ। समयमा काम सम्पन्न गर्नुपर्छ,’ ब्रिफिङमा प्रधानसेनापतिको निर्देशन उद्धृत गर्दै एक सैन्य अधिकारीले भने, ‘डीपीआर आइसकेको छ। अब समस्या छैन। काम छिटो सक्नुपर्छ।’ रक्षा मन्त्रालयका अधिकारीले द्रुतमार्ग निर्माणमा कुनै समस्या नरहेको प्रस्ट पारेको छ।

प्रधानसेनापति थापाले डीपीआरअनुसार काम थाल्न निर्देशन दिएका छन्। गत मंसिरमा राज्यव्यवस्था समितिका सदस्यहरूले द्रुतमार्ग निर्माण कार्य डीपीआर विना अघि बढाउन नहुने बताएपछि अवरुद्ध भएको थियो। द्रुतमार्गको जिरो किलो फर्सिडोलमा कायम गर्ने कि खोकनामा भन्नेमा विवाद चुलिएको थियो। अब खोकनामै जिरो किलो राखिने भएको छ।

सन् २०१५ मा भारतीय कम्पनी आईएलएफएसले डीपीआरको अस्वाभाविक मूल्य राखेपछि सेनाले डीपीआर बिनै काम गर्दै आएको थियो। ट्र्याक क्लियर गर्ने, रूख काट्ने, माटो सम्याउने, मुआब्जा वितरण गर्ने र नक्सांकन विवाद सक्ने काम भइसकेको छ।

सेनाले २०७४ वैशाखमा चार वर्षको समयावधिसहित जिम्मेवारी पाएको थियो। सेनाले आगामी डेढ वर्षमा काम सम्पन्न गर्नुपर्ने थियो। डीपीआर तयारीमा भएको ढिलाइका कारण आयोजनाको म्याद थपिएको अन्नपूर्ण पोस्ट्ले लेखेको छ । 

दु्रतमार्गमा ८७ वटा पुल र तीन सुरुङमार्ग (महादेव, धेद्रे र लेन डाँडा) हुनेछन्। यस्तै तीन इन्टरचेन्ज अर्थात् गाडी फर्काउने स्थान तीन ठाउँमा (सानो खोकना, बुदुने र निजगढ) निर्माण हुनेछ भने दुई वि श्रामस्थल र दुई टोल प्लाजा (कर संकलन केन्द्र) हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।