बिहीबार, साउन २८, २०८३

बंगलादेशमाथि नेपालको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ।

भारतको कल्याणीमा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो।

नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई, सुगन जिमी र प्रदिप लम्सालले एक-एक गोल गरे। बंगलादेशका मियाँले एक गोल फर्काए।

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ भने शीर्ष दुईमा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई २-० ले हराएको थियो।

नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।