शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'प्रविधि प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्'

'प्रविधि प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्'

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं - सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फ्रेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए। 
    
प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको बताए। उनले भने, “कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो।” 

“सार्वभौमसत्तासम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर गएका होइनन्। केही समयका निम्ति उहाँ उपचारका लागि जानुभएको हो। यसमा सर्वभौमसत्ताको प्रश्न आउँदैन। प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन। केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो।”, उनले भने। 

उनले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत आग्रह गरे।

बाँस्कोटाले गलत कुरा गरेर नागरिकलाई भ्रमित नपार्न आग्रह गरे। “कि त प्रविधि भित्र्याउन भएन, भित्र्याएपछि सदुपयोग गर्न जान्नुपर्छ”, उनले भने, “यस्तो ‘वाहियात’ कुरा गर्ने ? प्रधानमन्त्री नेपाली नागरिक हो । नेपाली जनताको प्रतिनिधि हो । उहाँले आफ्ना मन्त्रीसँग अन्तरक्रिया गर्नुभएको हो।”

आफू मात्र जान्ने छु, मैले मात्रै थाहा पाएको छु भन्ने कुरा नै अन्तिम सत्य हो भनेर नहिँड्न उनले सबैलाई आग्रह गरे।

“यस्ता कुरा जनताले पत्याउनेवाला छैन, बहस गर्न आए हुन्छ।”, वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छवि र व्यक्तित्वमाथि प्रश्न नगर्न चुनौती दिँदै मन्त्री बाँस्कोटाले भने, “केपी ओलीको राष्ट्रवाद कोही कसैले बनाइदिएको होइन। धर्तीको आजको मान्छेले यो पाठ पढाउनुपर्दैन। के राष्ट्रवाद के राष्ट्रघात भन्ने कुरा पनि बुझ्नुपर्छ, गलत कुरा गर्नेहरु डेडअक्कली राष्ट्रवादी हुन् । त्यस्ताका टिप्पणी गर्नु आवश्यक छैन।”

संसदमा मंगलबार कांग्रेसले भिडियो कन्फ्रेन्सिङमाथि प्रश्न उठाएपछि मन्त्री बाँस्कोटाले यस्तो जवाफ दिएका हुन्।

‘प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ’

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिँदै उनी हप्ता, दश दिनमा स्वस्थ्य भएर फर्कने बताए।

“प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ । त्यसको बेलाबेलामा नियमित फलो अप हुन्थ्यो, अहिले पनि भइरहेको छ”, उनले भने, “प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी गर्‍यौँ, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ । दुई वटा डोज दिइएको छ । सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ।”

“प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेको छ। उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, प्रधानमन्त्रीले यो पनि भन्नुभएको छ, म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ। ज्यान यता छ मन त्यता (नेपाल) छ। म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस्” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री बाँस्कोटाले भने। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।